सुनचाँदीको मूल्यमा भारी वृद्धि : सुन तोलामा ३ हजार ५०० र चाँदी १०० रुपैयाँले बढ्यो

सुनचाँदीको मूल्यमा भारी वृद्धि : सुन तोलामा ३ हजार ५०० र चाँदी १०० रुपैयाँले बढ्यो

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ। आज सुनको मूल्यमा प्रतितोला ३ हजार ५०० रुपैयाँ र चाँदीको मूल्यमा १०० रुपैयाँको भारी वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य बढेर प्रतितोला २ लाख ५६ हजार ६०० रुपैयाँ पुगेको छ। यसअघि बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार १०० रुपैयाँ कायम थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि आज प्रतितोला १०० रुपैयाँले वृद्धि भएको छ। बुधबार प्रतितोला ३ हजार ८०५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर ३ हजार ९०५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्यमा उच्च वृद्धि देखिएको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन ४ हजार २७५ अमेरिकी डलर र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

मंसिर २६, २०८२ शुक्रबार १२:०१:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।