पश्चिमी वायुको प्रभाव : पाँच प्रदेशका हिमाली भू-भागमा हिमपातको सम्भावना
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेकाले मौसममा बदली देखिएको हो।
महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। चिसो बढ्दै गएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ।
मंसिर २२, २०८२ सोमबार ०९:०४:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।