जनकपुरले टस जित्यो, कर्णालीलाई ब्याटिङको निम्तो

जनकपुरले टस जित्यो, कर्णालीलाई ब्याटिङको निम्तो

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत लिग चरणको अन्तिम खेलमा आइतबार कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्दै छन्। प्लेअफको दौडबाट बाहिरिइसकेका दुवै टोली आइतबार प्रतिष्ठाका लागि खेल्नेछन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले टस जितेर कर्णालीलाई पहिले ब्याटिङको निम्तो दिएको छ। प्रतियोगितामा दुवै टोलीले समान छ खेलबाट एक/एक खेलमा मात्रै जित निकालेका छन्।

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले एलिमिनेटरमा स्थान सुरक्षित गरिसकेका छन्।

मंसिर २१, २०८२ आइतबार १५:१३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।