काठमाडौंमा 'टिटिआरए एप्याक' सम्मेलन, विश्वभरका पर्यटन विज्ञको जमघट
काठमाडौं : काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टको आयोजनामा काठमाडौंमा अहिले १२औं ‘ट्राभल एण्ड टुरिजम रिसर्च एसोसिएसन एसिया प्यासिफिक च्याप्टर’ (टिटिआरए एप्याक) सम्मेलन चलिरहेको छ।
'एसिया-प्यासिफिकमा पुनरुत्थानकारी यात्रा र पर्यटन अनुसन्धान' भन्ने नाराका साथ काठमाडौं म्यारियटमा डिसेम्बर ६ देखि ८ सम्म चल्ने यस सम्मेलनमा नेपाल, अमेरिका, जापान, चीन, भारत लगायत दर्जनभन्दा बढी देशका प्राज्ञ, अनुसन्धानकर्ता र पर्यटन व्यवसायीहरू सहभागी छन्।
सम्मेलनमा पुनरुत्थानकारी पर्यटन, प्रविधि, र अनुसन्धानमा एआईको प्रयोगबारे कार्यपत्र प्रस्तुति तथा छलफल हुनेछ। प्रा. रोबर्ट ली, डा. घनश्याम गुरुङ लगायतका विज्ञहरूले सम्बोधन गर्ने यस कार्यक्रमको मुख्य उद्देश्य एसिया-प्यासिफिक क्षेत्रमा पर्यटनसम्बन्धी खोज र अनुसन्धानलाई प्रवर्द्धन गर्नु हो। कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड लगायत विभिन्न संस्थाले सहयोग गरेका छन्।
मंसिर २१, २०८२ आइतबार ११:५६:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।