दीपेन्द्र मल्टी ट्यालेन्टेड खेलाडी हुन् : प्रशिक्षक टमाटा

दीपेन्द्र मल्टी ट्यालेन्टेड खेलाडी हुन् : प्रशिक्षक टमाटा

काठमाडौं : अपराजित रहँदै छैटौं जीतसहित सुदूरपश्चिम रोयल्सले राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायरमा प्रवेश गरेको छ। बिहीबार भएको खेलमा चितवन राइनोजलाई ४९ रनले हराउँदै सुदूरपश्चिमले १२ अङ्क जोड्दै एक खेल अगावै क्वालिफायरमा स्थान सुरक्षित गरेको हो।

साविक उपविजेता सुदूरपश्चिमको लक्ष्य उपाधि जित्ने रहेको उक्त टोलीका प्रशिक्षक जगत टमटाले बताए। उनले भने, 'हाम्रो लक्ष्य च्याम्पियन बन्ने हो, यसपालि जसरी पनि उपाधि रक्षा गछौं।'

बिहीबारको जीतमा कप्तान दीपेन्द्रसिंह ऐरी र ट्यालेन्ट हन्टबाट छानिएर आएका बिहीबारको खेलमै डेब्यू गरेका हिक्मत महराको महत्त्वपूर्ण योगदान रहेको प्रशिक्षक टमटाको भनाइ छ। दीपेन्द्र मल्टी ट्यालेन्टेड खेलाडी भएको र उनको सबै पक्ष राम्रो भएको उनले बताए।

महरा नेपाली क्रिकेटमा भविष्य खोज्दै गरेका खेलाडी भएको र पहिलो खेलमै विकेट लिनु सुखद पक्ष भएको प्रशिक्षक टमटाले बताए। 'उल्लेख्य दर्शकका अगाडि त्यो उमेरको खेलाडीले डेब्यू खेलमा गरेको प्रदर्शन सम्झन लायक छ,' उनले भने। प्रशिक्षक टमटाले सुदूरपश्चिमका समर्थकलाई पनि समर्थनका लागि धन्यवाद दिए।

यस्तै सुदूरपश्चिमसँग पराजित भएपछि चितवन राइनोजका बलिङ प्रशिक्षक मनिष सखलकरले राम्रो गर्दा गर्दै पनि पनि पराजित हुनुपरेको बताए। उनले भने, 'हाम्रा खेलाडीले राम्रो खेले तर हाम्रोभन्दा राम्रो सुदूरपश्चिमले खेलेकाले नतिजा हाम्रो पक्षमा आएन।' बाँकी खेलमा जित निकालेर चितवनको प्लेअफमा पुग्ने सम्भावना बाँकी रहेको उनको भनाइ थियो।

मंसिर १८, २०८२ बिहीबार २२:२९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।