सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य

सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य

काठमाडौं : ओपनर क्रिस लिनको सानदार अर्धशतकमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितका लागि १७० रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ‘टस’ हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १६९ रन बनायो।

सुदूरपश्चिमका लागि लिनले रिटायर्ट हर्ट हुनुअघि ७५ रन बनाए। ५६ बल खेल्ने क्रममा उनले तीन छक्का र पाँच चौका प्रहार गरे। ओपनर विनोद भण्डारीले २१ रनको योगदान दिए।

इशान पाण्डेले एक रन मात्रै बनाए भने पुनित मेहराले १३ र हर्मित सिंहले एक रन मात्रै बनाउन सके। आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान २४/२४ रन बनाए।

चितवनका लागि सैफ जाइबले दुई विकेट लिए भने जर्ज स्क्रिमस र रञ्जित कुमारले एक/एक विकेट लिए। प्रतियोगितामा कुनै हार नबेहोरेको सुदूरपश्चिम आज पनि जितको खोजीमा छ भने चितवन ‘प्लेअफ’मा पुग्नका लागि आजको खेल जित्नै पर्ने दबाबमा छ।

मंसिर १८, २०८२ बिहीबार १९:०८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।