एनपीएल : पोखराले टस जित्यो, काठमाडौं ब्याटिङमा

एनपीएल : पोखराले टस जित्यो, काठमाडौं ब्याटिङमा

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजविरुद्ध टस जितेर बलिङ रोजेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहीबेरअघि भएको टसमा पोखराका कप्तानले फिल्डिङ गर्ने निर्णय लिएपछि काठमाडौंले ब्याटिङको निम्तो पाएको हो।

पोखराका लागि आजको खेल निकै महत्त्वपूर्ण छ। ५ खेलबाट ४ अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न आज जित्नैपर्ने दबाब छ।

यता, ६ खेलबाट ८ अङ्क जोडिसकेको काठमाडौं भने लिग चरणको आफ्नो अन्तिम खेल जित्दै प्लेअफमा स्थान सुरक्षित गर्न चाहन्छ।

आजै अपराह्न ४:०० बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।

मंसिर १८, २०८२ बिहीबार ११:५८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।