एनपिएलमा आज दुई खेल, पोखरा र चितवनलाई ‘गर वा मर’को अवस्था

एनपिएलमा आज दुई खेल, पोखरा र चितवनलाई ‘गर वा मर’को अवस्था

काठमाडौं : कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई रोमाञ्चक खेलहरू हुँदैछन्।

आजको पहिलो खेल बिहान ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच हुनेछ।

पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न आजको खेल जित्नैपर्ने दबाब छ। यता, बलियो स्थितिमा रहेको काठमाडौंले भने ६ खेलबाट आठ अङ्क जोडिसकेको छ।

त्यस्तै, दोस्रो खेल अपराह्न ४:०० बजे शीर्ष स्थानको सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुनेछ।

१० अङ्कका साथ तालिकाको शीर्ष स्थानमा रहँदै सुदूरपश्चिम यसअघि नै प्लेअफमा पुगिसकेको छ। तर, पाँच खेलबाट चार अङ्क मात्र जोडेको चितवनका लागि भने प्लेअफ यात्रा सुनिश्चित गर्न आजको खेल जित्नैपर्ने बाध्यता छ।

मंसिर १८, २०८२ बिहीबार ०७:३७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।