१२ रनमा आउट भएका दक्षिण अफ्रिकी खेलाडी फाफ डुको टीयूमा देखिएको खेल ६ तस्बिरमा

१२ रनमा आउट भएका दक्षिण अफ्रिकी खेलाडी फाफ डुको टीयूमा देखिएको खेल ६ तस्बिरमा

काठमाडौं : विराटनगर किंग्सबाट नेपाल प्रिमियर लिग खेल्न आएका दक्षिण अफ्रिकाका प्रतिष्ठित अन्तर्राष्ट्रिय क्रिकेटर फाफ डु प्लेसिस बुधवार लुम्बिनी लायन्स विरुद्ध टीयू क्रिकेट मैदानमा उत्रिए।

मैदान बाहिर अभ्यास गर्दै।

आफ्नो उत्कृष्ट ब्याटिङ टेक्निक, फिटनेस र नेतृत्व क्षमताका कारण विश्व क्रिकेटमा परिचित रहेका उनी एनपिएल खेल्न सोमबार नेपाल आएका हुन्। फाफले सन् २०११ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेर छोटो समयमै दक्षिण अफ्रिकाका भरपर्दा मध्यक्रमका प्रमुख स्तम्भ बनेका थिए।

ओपनरको रुपमा मैदान प्रवेश गर्दै।

उनले टेस्ट, ओडिआई र टी२० तीनै फर्म्याटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरिसकेका छन्। दबाबमा टिकेर खेल्न सक्ने क्षमता, संयमित खेल शैली र लामो समय क्रिजमा बस्ने क्षमताका कारण उनी लिग सञ्चालकहरूको रोजाइमा पर्ने गरेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेटबाट क्रमशः टाढा हुँदै गए पनि फाफ अहिले पनि विश्वभरका टी–२० लिगहरूको सुपरस्टार हुन्। उनले आइपिएल लगायतका प्रमुख लिगहरूमा सहभागी भइसकेका छन्।

बुधवार पहिलो पटक टीयू क्रिकेट मैदानमा खेलेका उनी लामो समय भने टिक्न सकेनन्। ९ बल सामना गरेका उनी १२ रन बनाएर आउट भएका थिए। लुम्बिनी विरुद्धको फिल्डिङमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।

उनको डेब्यु खेल टिमका लागि भने फापेन। लुम्बिनी लायन्सले पाँच विकेटले खेल जित्यो।

मंसिर १७, २०८२ बुधबार १९:२६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।