एनपीएलको प्लेअफमा पर्न संघर्षरत लुम्बिनी लायन्सलाई विराटनगर किंग्सको १४५ रनको लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को प्लेअफमा पर्न संघर्षरत लुम्बिनी लायन्सलाई विराटनगर किंग्सले १४५ रनको लक्ष्य दिएको छ।
बुधवार टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ४४ रन जोड्यो। ५ खेल खेलेको विराटनगरले ४ खेल जितेर अंक तालिकामा तेस्रो स्थानमा छ।
लुम्बिनीले पाँच ५ खेलबाट २ खेल जित्दै छैटौँ स्थानमा छ।
मंसिर १७, २०८२ बुधबार १८:१६:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।