मधेसका मुख्यमन्त्री यादवले प्रदेश प्रमुखलाई राजीनामा बुझाए
जनकपुर : सर्वोच्च अदालतले तोकेको २४ घण्टाभित्र विश्वासको मत लिन नसकेपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजीनामा पत्र बुझाएका छन्।
उनले केहीबेर अघि मधेस प्रदेशका प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ समक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्। उनले सम्मानित सर्वोच्च अदालतको आदेशलाई शिरोधार्य गर्दै राजनीतिक परिस्थितिले देखाएको सन्देशलाई आत्मसाथ गर्दै, नागरिकको भावना र प्रदेशको व्यापक हितलाई ध्यानमा राख्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन्।
मुख्यमन्त्री यादवले बुधवार प्रदेश सभाको बैठकमा विश्वासको मत लिने प्रयासै नगरी आफ्नो भनाई राखेर राजीनामा दिने घोषणा गरेका थिए।
मंसिर १७, २०८२ बुधबार १७:२९:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।