एनपीएल : लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले पहिला ब्याटिङ गर्ने
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को बुधवारको खेलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले पहिला ब्याटिङ गर्ने भएको छ।
बुधवार टीयु क्रिकेट मैदानमा विराटनगरविरुद्ध लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
५ खेल खेलेको विराटनगर ४ जितसहित तेस्रो स्थानमा छ। लुम्बिनी ५ खेलबाट २ खेल जित्दै छैटौँ स्थानमा छ। प्लेअफमा पर्न लुम्बिनीका लागि आजको खेल जित्नै पर्ने दबाब छ। विराटनगरले आजको खेल जितेमा सहजै प्लेअफमा जाने छ।
मंसिर १७, २०८२ बुधबार १६:२१:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।