एनपीएल सिजनमा सामसङ टिभीमा ३३ प्रतिशतसम्म छुट र ७ हजारको एक्सचेन्ज बोनस
काठमाडौं : सामसङ नेपालले नेपाल प्रिमियर लिग (एनपीएल)को अवसर पारेर आफ्ना एआई टिभीहरूमा विशेष छुट योजना ल्याएको छ।
यो योजनाअन्तर्गत ग्राहकले ३३ प्रतिशतसम्म क्यासब्याक र ७ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्।
आगामी डिसेम्बर ३१ सम्म लागू हुने यो योजनामा क्यूएलईडी, युएचडी, एफएचडी र एचडी मोडेलका ३२ देखि ८५ इन्चसम्मका टिभीहरू उपलब्ध छन्।
कम्पनीले क्यूएलईडी टिभीमा १९ प्रतिशतसम्म छुट र ७ हजार बोनस, युएचडीमा २१ प्रतिशतसम्म छुट र ४ हजार बोनस, एफएचडीमा ३३ प्रतिशत र एचडीमा २१ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ।
सामसङले आफ्ना T, A, B, C, D र F सिरिजका टिभीमा ३ वर्षको वारेन्टी दिएको छ। साथै, नागरिकताको आधारमा शून्य ब्याजदरमा किस्ताबन्दी सुविधा र पुरानो टिभी एक्सचेन्ज व्यवस्था पनि मिलाइएको कम्पनीले जनाएको छ।
मंसिर १७, २०८२ बुधबार १२:११:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।