पोखराले कर्णालीलाई दियो २०२ रनको लक्ष्य
काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २०१ रन बनाएको हो।
पोखराका लागि ओपनर एडम रोसिङटनले शतक प्रहार गरे। एडम ५८ बलमा १०८ रनमा अविजित रहे। जेसोन रोय ४६ र कप्तान कुशल भुर्तेल १८ रनमा आउट भए धनञ्जय लक्षन २३ रनमा अविजित रहे।
बलिङमा कर्णालीका मार्क वाट र गुल्सन झाले एक/एक विकेट लिए।
मंसिर १६, २०८२ मंगलबार १८:०३:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।