एमाले महाधिवेशन : उद्घाटन सत्रमा विदेशी दलका प्रतिनिधि सहभागी नहुने

एमाले महाधिवेशन : उद्घाटन सत्रमा विदेशी दलका प्रतिनिधि सहभागी नहुने

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा विदेशका राजनीतिक दलका प्रतिनिधिहरु सहभागी नहुने भएका छन्।

छोटो समयमा नै महाधिवेशन गर्नुपरेकाले यसपटक विदेशका मैत्री तथा भाइचारा सम्बन्ध भएका राजनीतिक दललाई नबोलाउने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

'महाधिवेशनको समय छोटो समयमा नै तोक्यौं। समय कम भएकाले उहाँहरुलाई नबोलाउने निर्णय गरेका हौं,' उनले भने, 'महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना सन्देशमा भने आउने छ।'

यसअघि एमालेले चीन, भारत, भियतनामलगायत मैत्री तथा भाइचारा सम्बन्ध भएका करिब ५० राजनीतिक दललाई महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा बोलाउने गरेको थियो। एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ।

मंसिर १६, २०८२ मंगलबार १७:०४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।