सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ बढ्यो
काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव र मागमा देखिएको परिवर्तनसँगै आन्तरिक बजारमा सुनको भाउ केही घटेको हो।
महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार सुन प्रतितोला २ लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने बढेको छ। सोमबार प्रतितोला ३ हजार ५३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर ३ हजार ५४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
मंसिर १६, २०८२ मंगलबार १२:४३:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।