बागमती नदी किनारमा बेवारिसे शव फेला

बागमती नदी किनारमा बेवारिसे शव फेला

मकवानपुर : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३, काक्रास्थित बागमती नदीको किनारमा एक बेवारिसे शव फेला परेको छ।

मंसिर १५ गते बिहान ११ बजेको समयमा अन्दाजी ३० देखि ३५ वर्ष उमेर समूहको जस्तो देखिने पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

नदी किनारमा कोल्टो परेको अवस्थामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।

घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी सिस्नेरी र इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमान्डमा टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घटनास्थलको मुचुल्का लगायतका कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि काठमाडौं पठाएको छ।

मृतकको नाम, थर र वतन हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मंसिर १६, २०८२ मंगलबार १०:३८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।