एनपिएलमा मिल्काएको सुश्री मिडियाले पायो एन्फाको ब्रडकास्ट अधिकार

एनपिएलमा मिल्काएको सुश्री मिडियाले पायो एन्फाको ब्रडकास्ट अधिकार

काठमाडौं : सुश्री मिडिया प्रालि (जोइन भेन्चर) ले डिसेम्बर ५ देखी २० सम्म हुन लागेको साफ क्लब महिला च्याम्पियनसिपको बोर्डकास्ट, मार्केटिङ र डिजिटल राईसको जिम्मा पाएको छ। एन्फासँग सो कम्पनीको सम्झौता समेत भइसकेको छ।

सम्झौताका सर्तहरूबारे एन्फाले केही खुलाएको छैन। सुश्री मिडियाका सदस्य सुजन थापाले नेपालको लागि नभएर बाहिरी देशको लागि ओटिटी अधिकार लिएको बताए। उनले उकेरासँग भने ‘यो नेपाल भित्रको लागि होइन, बाहिरी देशमा देखाउन सम्झौता भएको हो। यो बाहेक अरू कुरा जानकारी छैन” उनले भने।

क्यानले फाल्यो, एन्फाले अँगाल्यो

सुश्री मिडिया त्यही कम्पनी हो जसले गत १ गतेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु भएको नेपाल प्रिमियर लिगको प्रसारण अधिकार पाउन टेन्डर हालेको थियो। टेलिभिजन ब्रडकास्ट र ओटीटी दुबैमा प्रतिस्पर्धा गरे पनि यसले पाएन। सुश्रीले ३ करोड ७७ लाख प्रस्ताव गर्दा पनि एक्सन स्पोर्टसमा प्रसारण गर्न नपाइने सर्त तेर्स्याएर एनपिएल गभर्निङ काउन्सिलले ३ करोड प्रस्ताव गरेको कान्तिपुर म्याक्सलाई नेपालभित्र प्रसारणको अधिकार दिएको थियो। ओटिटिको जिम्मा भने डिसहोम गो ले पाएको थियो।

मंसिर १५, २०८२ सोमबार १८:४८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।