नेप्सेमा सामान्य करेक्सन : ४ कम्पनीमा सर्किट, कारोबार रकममा गिरावट

नेप्सेमा सामान्य करेक्सन : ४ कम्पनीमा सर्किट, कारोबार रकममा गिरावट

काठमाडौं : साताको दोस्रो कारोबार दिन आइतबार नेप्से परिसूचक घटेको छ। सोमबार नेप्से परिसूचक ४.२८ अंक घटेर २६ सय ४५.२४ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.७२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७६ अंक घटेको छ।

आइतबार ७ अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन कुल ३२५ स्टकको ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन ४ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस्तै, ग्रिन भेन्चर्स लिमिटेडको सेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले घटेको छ।

यस दिन निफ्रा ग्रीन इनर्जी डिबेञ्चरको सेयर मूल्य सबैभन्दा धेरै ६ प्रतिशत ९.५१ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन यूनाइटेड मोदी हाइड्रोपावर, हिमालयन रि इन्स्योरेन्स र बन्दीपुर केबलकार एण्ड टुरिजमको सेयर कारोबार सबैभन्दा धेरै भएको छ।

यस दिन १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।

मंसिर १५, २०८२ सोमबार १५:५६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।