चितवनको सुधार केन्द्रमा रहेका ३८ वर्षीय युवकको मृत्यु
चितवन : चितवनको भरतपुरस्थित एक सुधार केन्द्रमा विगत ६ महिनादेखि बस्दै आएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका-३ बाह्रघरे घर भएका ३८ वर्षीय सन्जय रुचाल रहेका छन्।
प्रहरीका अनुसार भरतपुर महानगरपालिका-१ रामनगरमा रहेको ‘रिकभरी युनाइटेड प्रा.लि.’मा बस्दै आएका रुचाल सोमबार दिउँसो अचानक बिरामी परेका थिए।
अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि तत्काल भरतपुरस्थित नयाँ मेडिकल कलेज (चितवन मेडिकल कलेज) लगिएको थियो।
उपचारका क्रममा सोमबार साँझ ४:५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामनगरबाट प्रहरी वरिष्ठ हवल्दार एकेन्द्र बस्यालको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनाबारे अनुसन्धान सुरु गरेको छ। मृतकका बुबा भद्र रुचाल प्रहरीको सम्पर्कमा रहेको र घटनाबारे थप बुझ्ने कार्य भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ।
मंसिर १५, २०८२ सोमबार ११:२५:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।