तोलामा १४ सयले बढ्यो सुन, १९० रुपैयाँले चाँदी महंगियो

तोलामा १४ सयले बढ्यो सुन, १९० रुपैयाँले चाँदी महंगियो

काठमाडौं : साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ।

यो वृद्धिसँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ६ सय रुपैयाँ पुगेको छ। यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ कायम थियो।

यस्तै, आज चाँदीको मूल्यमा पनि भारी वृद्धि देखिएको छ। महासंघका अनुसार चाँदी तोलामा १९० रुपैयाँले बढेर ३ हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदी प्रतितोला ३ हजार ३४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

मंसिर १५, २०८२ सोमबार ११:०१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।