एनपिएल लक्षित गरेर एनसेलले ल्यायो ‘एनपिएल प्ले प्याक’
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका खेलहरू मोबाइलमै लाइभ स्ट्रिमिङ हेर्न मिल्ने गरी एनसेलले ‘एनपिएल प्ले प्याक’ सार्वजनिक गरेको छ।
डिशहोमसँग सहकार्यमा एनसेलले ल्याएको नयाँ प्याकमा ग्राहकले डिशहोम गो एपमा सहजै खेल हेर्न सक्ने कम्पनीले जानकारी दिएको छ।
करसहित दुई सय ९९ रुपैयाँमा उपलब्ध नयाँ प्याकमा २८ दिनका लागि १ जीवी डाटा समावेश छ। एनसेल एप, *123# वा नजिकैका खुद्रा विक्रेतामार्फत प्याक खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ। प्याक लिएपछि प्राप्त एसएमएसमार्फत डिशहोम गो एपमा लगइन गरी खेलहरू प्रत्यक्ष हेर्न मिल्ने एनसेलले जानकारी दिएको छ।
मंसिर १२, २०८२ शुक्रबार १८:१८:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।