सुनको मूल्यमा २२ सयले वृद्धि, प्रतितोला २ लाख ५० हजार नाघ्यो

सुनको मूल्यमा २२ सयले वृद्धि, प्रतितोला २ लाख ५० हजार नाघ्यो

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार २०० रूपैयाँले बढेको हो।

यो वृद्धिसँगै शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रूपैयाँ कायम भएको छ।

यसअघि बिहीबार सुन प्रतितोला २ लाख ४८ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ।

बिहीबार प्रतितोला ३ हजार २८० रूपैयाँमा कारोबार भएको चाँदी, आज ६५ रूपैयाँले बढेर ३ हजार ३४५ रूपैयाँ पुगेको महासंघले जनाएको छ।

मंसिर १२, २०८२ शुक्रबार ११:०४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।