हेटौंडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
हेटौंडा : पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४, कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१६ नागुवा स्थायी घर भई हाल हेटौँडा-१० मा डेरा गरी बस्ने ५५ वर्षीया खुइली डोम रहेकी छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार पशुपतिनगरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना३८प ५८५० नम्बरको मोटरसाइकलले गए राति उनलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएकी डोमको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
मंसिर १२, २०८२ शुक्रबार ०७:२५:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।