एनपिएलमा आज दुई खेल : चितवनविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर
काठमाडौं : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेल बिहान ११ः४५ बजे चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ।
अङ्क तालिकामा चितवन चार अङ्कका साथ तेस्रो स्थानमा छ भने काठमाडौंले हालसम्म दुई अङ्क मात्र जोडेको छ।
त्यस्तै, दोस्रो खेल अपराह्न ४ः०० बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ। तीन खेलबाट दुई अङ्क जोडेको कर्णालीका लागि प्लेअफको सम्भावना जीवित राख्न आजको खेल जित्नैपर्ने दबाब छ।
उता चार खेलबाट छ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको विराटनगर किङ्स भने आजको खेल जितेर प्लेअफ यात्रा सहज बनाउने दाउमा छ।
मंसिर १२, २०८२ शुक्रबार ०७:१६:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।