सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनीको खराब लय सुध्रिएन
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनमा बिहीबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले हराएको छ।
त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १ सर ४४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८ ओभर ३ बलमा तीन विकेट गुमाउँदै १ सय ४५ रन बनायो।
सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक्लो टोली हो। टोलीले यसअघिका ३ खेल नै जितेको छ। बिहीबारको खेल जितेर सुदूरपश्चिम प्लेअफको नजिक पुगेको छ।
लुम्बिनीले ४ मध्येको ३ खेल हारिसकेको छ। पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेको लुम्बिनीले त्यसपछि कर्णाली याक्स र काठमान्डौं गोर्खाजसँग पराजित भएको थियो।
मंसिर ११, २०८२ बिहीबार १५:३६:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।