एमएडब्लू वृद्धिको ‘प्रि-न्यू इयर ब्याश’, डोङफेङ नामी र सेरेस ईभीमा आकर्षक अफर

एमएडब्लू वृद्धिको ‘प्रि-न्यू इयर ब्याश’, डोङफेङ नामी र सेरेस ईभीमा आकर्षक अफर

काठमाडौं : एमएडब्लू वृद्धिले नयाँ वर्षलाई लक्षित गर्दै ‘प्रि-न्यू इयर ब्याश’ योजना सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत कम्पनीले आफ्ना डोङफेङ नामी र सेरेस ब्रान्डका इलेक्ट्रिक गाडीहरूमा विशेष छुट तथा उपहार योजना ल्याएको हो।

कम्पनीका अनुसार यो अफर नयाँ वर्षअघि प्रिमियम इलेक्ट्रिक गाडी खरिद गर्न चाहने ग्राहकका लागि लक्षित छ।

यो योजनाअन्तर्गत ग्राहकले डोङफेङ नामीका ‘नामी भिगो’ र ‘नामी ०१’ मोडल नाडा अटो सोकै विशेष मूल्यमा खरिद गर्न पाउनेछन्।

साथै, प्रत्येक खरिदमा ७ किलोवाटको होम चार्जर, ३.५ किलोवाटको पोर्टेबल चार्जर र अटो प्लस इन्स्योरेन्स निःशुल्क प्रदान गरिनेछ।

यसबाहेक, नामी खरिदकर्ताहरू लक्की ड्रमा सहभागी हुन पाउनेछन्, जसमध्ये तीन जना विजेताले थाइल्यान्ड भ्रमणको अवसर र एक जना भाग्यशाली विजेताले आईफोन १७ प्रो म्याक्स जित्न सक्ने कम्पनीले जनाएको छ।

त्यस्तै, सेरेस ब्रान्डका ईभी खरिदमा ग्राहकले ६ लाख रुपैयाँसम्मको फाइदा लिन सक्नेछन्। यसमा आकर्षक नगद छुट, एक वर्षको कम्प्रिहेन्सिभ इन्स्युरेन्स, निःशुल्क एसेसरिज, एक्सचेन्ज बोनस र पुरानो गाडीको उच्च मूल्यांकन समावेश छ।

यो योजना काठमाडौं उपत्यकासहित देशभरका सबै डोङफेङ नामी र सेरेस शोरूमहरूमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।

मंसिर ११, २०८२ बिहीबार ११:४४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।