एलजी नेपालद्वारा नयाँ पुस्ताको ‘एआई टिभी’ सार्वजनिक

एलजी नेपालद्वारा नयाँ पुस्ताको ‘एआई टिभी’ सार्वजनिक

काठमाडौं : कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्ड एलजी नेपालले ‘अफेक्सनेट इन्टेलिजेन्स’मा आधारित नयाँ पुस्ताको एआई टिभी नेपाली बजारमा सार्वजनिक गरेको छ।

एलजीको अत्याधुनिक अल्फा एआई प्रोसेसर जेन-२ जडित यो टिभीले प्रयोगकर्ताको रुचि, हेर्ने बानी र वातावरणलाई विश्लेषण गरी सोही अनुसारको दृश्य र आवाज प्रदान गर्ने कम्पनीले जनाएको छ।

‘तपाईंलाई बुझ्ने र तपाईंका लागि सोच्ने’ अवधारणामा ल्याइएको यो स्मार्ट टिभीमा एआई च्याटबोट, एआई पिक्चर विजार्ड, एआई साउन्ड विजार्ड, एआई सर्च र एआई भ्वाइस आईडी जस्ता आधुनिक विशेषताहरू समावेश छन्।

यी फिचरले प्रयोगकर्तालाई व्यक्तिगत र सहज मनोरञ्जनको अनुभव दिने कम्पनीको दाबी छ।

नेपाली बजारमा एलजी एआई टिभीअन्तर्गत ओएलईडी इभो, क्युनेड, न्यानोसेल र युएचडी गरी चारवटा प्रिमियम सिरिजहरू उपलब्ध गराइएको छ।

एलजीका मार्केटिङ तथा ब्रान्ड प्रमुख मुकेश कुमार बैठाले यो टिभीले नेपालमा इन्टेलिजेन्ट मनोरञ्जनको नयाँ युग सुरुवात गर्ने बताए।

यो नयाँ सिरिज देशभरका सबै आधिकारिक एलजी शोरूम तथा रिटेल पार्टनरहरूमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।

मंसिर ११, २०८२ बिहीबार ११:१२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।