एनपीएलको उद्घाटन खेल ‘डिसहोम गो’मार्फत दुई लाखभन्दा बढीले हेरे
काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेल डिशहोमको ओटीटी प्लेटफर्म ‘डिसहोम गो’ एपमार्फत दुई लाखभन्दा बढी दर्शकले प्रत्यक्ष हेरेका छन्।
एनपीएलको आधिकारिक प्रसारण साझेदार रहेको डिसहोम गोले जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजबीचको उद्घाटन खेल दुई लाखभन्दा बढी दर्शकले एकैपटक हेरेको जानकारी दिएको हो।
उद्घाटन खेलको क्रममा ट्राफिक चाप र पेमेन्ट गेटवेको प्राविधिक कारणले केही आईओएस प्रयोगकर्ताहरूलाई ‘सिजन पास’ खरिदमा समस्या देखिए पनि एन्ड्रोइड प्रयोगकर्ताहरूले भने सहज रूपमा खेल हेरेका थिए।
कम्पनीले पहिलो दिन देखिएका प्राविधिक समस्याहरू समाधान भइसकेका र दोस्रो दिनदेखि सबै प्लेटफर्ममा प्रसारण सहज भइसकेको दाबी गरेको छ।
कम्पनीले प्राविधिक समस्याका कारण दोहोरो भुक्तानी हुन पुगेका ग्राहकहरूको रकम फिर्ता गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिएको छ।
डिशहोम गो एपले भारतबाहेक विश्वभर एनपीएलको प्रत्यक्ष प्रसारण गरिरहेको छ।
मंसिर ११, २०८२ बिहीबार ११:०६:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।