आज कोशीको पहाडी भेगमा आंशिक बदली हुने

आज कोशीको पहाडी भेगमा आंशिक बदली हुने

काठमाडौं : हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान ८ बजे जारी गरेको मौसम बुलेटिन अनुसार देशका अधिकांश भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ। यी क्षेत्रबाहेक देशका अन्य बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

आज राति कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली हुने सम्भावना छ। यी तीन प्रदेशबाहेक देशका अन्य स्थानमा भने राति पनि मौसम सफा रहने पूर्वानुमान गरिएको छ।

वर्षा वा हिमपातको कुनै विशेष सम्भावना नरहेकाले आजको मौसम सामान्यतया घमाइलो र स्थिर रहने देखिन्छ।

मंसिर १०, २०८२ बुधबार ०७:५५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।