टी-२० विश्वकपमा नेपाल कठिन समूहमा, इंग्ल्याण्डसँग पहिलो पटक खेल्दै
काठमाडौं : आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आइसिसी टी–२० विश्वकपमा नेपाल कठिन समूहमा परेको छ। मंगलबार समूह विभाजन र खेलतालिका सार्वजनिक भएको हो। सार्वजनिक समूहअनुसार नेपाल एकदमै ‘कठिन समूह’मा परेको छ।
नेपाल परेको समूह ‘सी’ मा २ पटकका विश्वविजेता इंग्ल्यान्ड र वेस्ट इन्डिज जस्ता बलिया टोली छन्। यो समूहमा बंगलादेश र इटाली समेत छन्।
सार्वजनिक तालिकाअनुसार नेपालले सबै खेल मुम्बईकै वान्खडे स्टेडियममा हुनेछ। फेब्रुअरी ८ मा नेपालले इंग्ल्यान्डसँग पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ। फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा बंगलादेशसँग नेपालले प्रतिस्पर्धा गर्नेछ।
नेपालले यसअघि भारत, पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिकालगायत राष्ट्रसँग विभिन्न प्रतियोगितामा खेले पनि इंग्ल्यान्डसँग पहिलो पटक खेल्दै छ।
समूह ए मा भारत, पाकिस्तान, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका रहेका छन्। समूह बी मा अस्ट्रेलिया, श्रीलंका, जिम्बाबे, आयरल्यान्ड, ओमान रहेका छन्। समूह डी मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, युएई, क्यानडा रहेका छन्।
विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुनेछ।
मंसिर ९, २०८२ मंगलबार २१:०२:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।