सार्क फिल्म महोत्सवका लागि बोर्डले माग्यो दुई मौलिक नेपाली फिल्म

सार्क फिल्म महोत्सवका लागि बोर्डले माग्यो दुई मौलिक नेपाली फिल्म

काठमाडौं : चलचित्र विकास बोर्डले सार्क फिल्म महोत्सवका लागि दुई नेपाली मौलिक फिल्मको माग गरेको छ। बोर्डले मंगलबार एक विज्ञप्ति जारी गर्दै श्रीलंकास्थित सार्क सांस्कृतिक केन्द्रले आगामी सार्क दिवस-२०२५ को अवसरमा आयोजना गर्न लागेको सार्क फिल्म महोत्सवका लागि मौलिक संस्कृति अभिव्यक्त गर्ने फिल्म उपलब्ध गराउन आग्रह गरेको हो।

बोर्डका अनुसार सार्क सांस्कृतिक केन्द्रले नेपालबाट अंग्रेजी उपशीर्षक सहितका कम्तीमा दुई वटा नेपाली चलचित्र पठाइदिन औपचारिकरूपमा माग गरेपछि स्वदेशी चलचित्र निर्माणकर्ताहरूलाई सार्वजनिक सूचना जारी गरिएको हो।
चलचित्र विकास बोर्डले इच्छुक निर्माताहरूलाई सूचना प्रकाशित मितिले पाँच दिनभित्र बोर्डमा प्रत्यक्ष बुझाउन वा [email protected], [email protected] मार्फत पठाउन आग्रह गरेको छ।

बोर्डले नेपाली मौलिकता, संस्कृति तथा पहिचानलाई स्पष्टरूपमा उजागर गर्ने फिल्मलाई महोत्सवका लागि प्राथमिकता दिइने जनाएको छ। 
 

मंसिर ९, २०८२ मंगलबार २०:४२:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।