नेप्सेको बढ्ने गति कायमै, तर कारोबार रकम भने घट्यो

नेप्सेको बढ्ने गति कायमै, तर कारोबार रकम भने घट्यो

काठमाडौं :  तीन दिनदेखि बढिरहेको बजारको गति मंगलबार पनि कायमै रहँदा नेप्से ५.३२ अङ्क बढेर २६५५ अङ्क कायम भयो। मङ्गलवारको कारोबारमा १ सय २२ कम्पनीको मूल्य बढ्दा १ सय २५ कम्पनीको मूल्य घट्यो। १० वटा कम्पनीको मूल्य स्थिर रह्यो। 

मंगलबार होटेल तथा पर्यटन सबैभन्दा धेरै १.४ प्रतिशत बढ्यो। बैङ्किङ ०.१९, फाइनान्स ०.०२, हाइड्रोपावर ०.१९, लगानी ०.२३, उत्पादन तथा प्रशोधन १.३०, माइक्रोफाइनान्स ०.०४, निर्जीवन बीमा ०.६५ र अन्य ०.४९ प्रतिशत बढेका छन्। व्यापार १.३३, जीवन बीमा ०.३० तथा विकास बैंक ०.२४ प्रतिशत घटेका छन्।

झापा इनर्जी, सागर डिस्टिलरी र श्रीनगर एग्रिटेक कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको छ। स्वस्तिक लघुवित्तको ८.२३, बन्दीपुर केबुलकारको ७.२३, दरामखोला हाइड्रोपावरको ६.८७ तथा हिमस्टार ऊर्जाको ५.३२ प्रतिशत मूल्य बढ्यो।

जोशी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.९६ प्रतिशत घट्दा सुपरमाइको ३.१९ तथा भूगोल इनर्जीको २.७४ प्रतिशत मूल्य घट्यो।

मंगलबार बन्दीपुर केबुलकार, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, युनियन हाइड्रोपावर र शिवम् सिमेन्टको सेयर धेरै कारोबार भएको थियो।

नेप्से बढे पनि कारोबार रकम भने बढ्न सकेन। सोमबार ७ अर्ब ३ करोडको कारोबार भएकोमा मंगलबार ५ अर्ब ८२ करोडको मात्र कारोबार भयो।

मंसिर ९, २०८२ मंगलबार १७:०८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।