एमाले पनि निर्वाचनमा जाने, गरायो दल दर्ता

एमाले पनि निर्वाचनमा जाने, गरायो दल दर्ता

काठमाडौं : विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग उठाउँदै आएको एमाले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन दल दर्ता गराएको छ। नेपाली कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गरेर दल दर्ता गरेसँगै प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा एक्लै परेपछि एमालेले मंगलबार दल दर्ता गर्यो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले एमालेले मंगलबार निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेसँगै संख्या ६८ पुगेको जानकारी दिए। एमाले,कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा लगायतका दलहरूले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिसकेका छन्।

प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलका लागि मंसिर १० सम्म दल दर्ताको समय तोकिएको छ। 

मंसिर ९, २०८२ मंगलबार १६:५६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।