एमाले अध्यक्षमा ओलीलाई इश्वरले चुनौती दिने पक्का, उम्मेदवारी घोषणा गरे

एमाले अध्यक्षमा ओलीलाई इश्वरले चुनौती दिने पक्का, उम्मेदवारी घोषणा गरे

काठमाडौं : एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी महाधिवेशनमा पार्टी अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। उनले मंगलबार सार्वजनिक रूपमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्। 

मंगलबार जारी विज्ञप्तिमा उनले पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरका नेता कार्यकर्ताको आग्रह र सुझाव अनुसार अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको उल्लेख गरेका छन्। 

मंसिर अन्तिम साता काठमाडौंमा एमालेको एघारौँ महाधिवेशन हुँदैछ। केपी ओलीले आफू अध्यक्ष बन्ने घोषणा गरिसकेका छन्। तेस्रो पटक पार्टी अध्यक्ष हुन ओलीको समूहले एमालेको विधान नै संशोधन गरेका थिए। एमालेमा विद्या भण्डारीलाई सदस्य बन्न रोकेपछि पोखरेल भण्डारी समूहमा लागेका थिए। उनले सोही समूहबाट पार्टी अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन्।

विज्ञप्तिमा पोखरेलले अध्यक्ष केपी ओलीले नेतृत्व हस्तान्तरणका लागि सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा लिएको समेत उल्लेख गरेका छन्। 

मंसिर ९, २०८२ मंगलबार १६:३३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।