दिपल एस ०७ आइसिएमा ‘बाइब्याक ग्यारेन्टी’, ५ वर्षसम्म शून्य खर्च
काठमाडौं : एमएडब्लु वृद्धिले ‘बाइब्याक ग्यारेन्टी र ५ वर्षसम्म शून्य खर्च’ स्किम पुनः सुरु गरेको छ। दिपल एस०७ प्रति ग्राहकको आत्मविश्वास बढाउने उद्देश्यमा यो स्किम पुनः सुरु गरिएको दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले जनाएको हो।
स्किमले ‘रिसेल भ्यालु’को चिन्ता हटाउने र नेपालमा विद्युतीय सवारीको स्वामित्व अनुभवलाई अझ सहज बनाउने कम्पनीको विश्वास छ। बाईब्याक ग्यारेन्टी कार्यक्रम अन्तर्गत दिपल एस०७ आइसिए खरिद गर्न ग्राहकले दोस्रो वर्षदेखि पाँचौं वर्षसम्म जुनसुकै समयमा एमएडब्लु ग्रुपबाटै पूर्व निर्धारित रिसेल मूल्य पाउने कम्पनीले जनाएको छ।
पाँच वर्षसम्म शून्य खर्च
बाईब्याक एस्योरेन्सको साथै ग्राहकले पाँच वर्षसम्म शून्य खर्च लाग्ने बृहत् कार्यक्रमको पनि उपभोग गर्न सक्ने जनाएको छ। यस अन्तर्गत पाँच वर्षसम्म ‘अटोप्लस इन्स्योरेन्स’, ‘पिरियोडिक मेन्टेनेन्स’, चार्जिंगमा लाग्ने खर्च र‘रोड ट्याक्स’को खर्च तिर्नु नपर्ने भनेको छ। स्किममार्फत ग्राहकले चिन्तामुक्त र निर्बाध इभी‘एक्सपिरियन्स’गर्न पाउने कम्पनीले जनाएको छ।
‘हाम्रो उद्देश्य ग्राहकलाई आफ्नो इभी यात्राभर आश्वस्त पार्नु र पिस अफ माइन्ड दिलाउनु हो। दिपल एस०७आइसिए आरामदायी र इन्टेलिजेन्ट एसयुभी हो जसले नेपालको बदलिँदो गतिशीलताको मागलाई सम्बोधन गर्छ,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘दिपलइभी खरिद गरिसकेपछि ग्राहकले हाम्रो निरन्तर साथ र विश्वास पाइराखुन् भन्ने हाम्रो उद्देश्य हो। यो स्किम सहज र विश्वसनीय इभी ओनरसिपका लागि हो।’
लक्जरी र प्रविधिको नयाँ मापदण्ड
एस०७ आइसिएमा दिपल एपमा ग्राहकलाई कारसँग विना रोकतोक अन्तरक्रिया गर्न मद्दत गर्ने बताइएको छ। यो एपमार्फत जुनसुकै ठाउँमा बसेर कारलाई कन्ट्रोल गर्न सकिने जनाइएको छ। कारको झ्यालखोल्न र बन्द गर्न, एसी कन्ट्रोल गर्न, चार्जिंगको अवस्था बुझ्न र कारको लोकेसन ट्र्याक गर्न सकिने विज्ञप्तिमा उल्लेख छ। साथै यसमा ४जी५जी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप कनेक्टिभिटी, एमेजन म्युजिक, स्पटिफाई र लाइभनेभिगेसनको समेत सुविधा रहेको जनाएको छ ।
दिपल एस०७ आईसीएम आफ्नो ट्रेन्डसेटिंग डिजाइन र अत्याधुनिक प्रविधिमार्फत इलेक्ट्रिक मोबिलिटीमा नयाँ मानक स्थापित गर्ने कम्पनीको विश्वास छ।
मंसिर ९, २०८२ मंगलबार १४:३३:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।