सुर्खेत पुगे महेश बस्नेत : हलभित्र कार्यक्रम, बाहिर चर्को नाराबाजी

सुर्खेत पुगे महेश बस्नेत : हलभित्र कार्यक्रम, बाहिर चर्को नाराबाजी

सुर्खेत : एमाले नेता महेश बस्नेतविरुद्ध सुर्खेतमा युवाहरूले प्रदर्शन गरेका छन्।

राष्ट्रिय युवा संघ नेपालको ‘युवा जागरण अभियान’ उद्घाटन गर्न नेता बस्नेत सुर्खेत पुगेका बेला ‘जेन-जी’ समूहका युवाहरूले विरोध प्रदर्शन गरेका हुन्।

जिल्ला समन्वय समिति सुर्खेतको हलमा युवा संघको कार्यक्रम चलिरहँदा बाहिरपट्टि युवाहरूले बस्नेतविरुद्ध नाराबाजी गरेका छन्।

बस्नेतको विरोधमा विभिन्न नारा लेखिएका प्लेकार्डसहित उपस्थित युवाहरूले कार्यक्रममा अवरोध पुर्याउने प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।

बस्नेतसहितका एमाले नेताहरू आउने खबर पाएलगत्तै प्रदर्शनकारीहरूले अवरोधको प्रयास गरेका थिए। सम्भावित झडप र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कार्यक्रमस्थल वरपर सुरक्षा व्यवस्था कडा पारेको छ।

विरोधका बाबजुद कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले युवा संघको अभियानले कर्णालीका युवाहरूमा चेतना, राजनीतिक सहभागिता र नेतृत्व विकासमा महत्त्वपूर्ण टेवा पुर्याउने बताए।

मंसिर ९, २०८२ मंगलबार १४:१२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।