एकै दिन ५२ सयले बढ्यो सुनको मूल्य

एकै दिन ५२ सयले बढ्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँले बढेको हो।

सोमबार प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ।

महासंघका अनुसार सोमबार प्रतितोला ३ हजार ११५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ३ हजार २०० रुपैयाँ पुगेको छ।

मंसिर ९, २०८२ मंगलबार ११:०९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।