एनपीएलमा विराटनगरले जनकपुरविरुद्ध ब्याटिङ गर्दै

एनपीएलमा विराटनगरले जनकपुरविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं : जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज पहिलो खेलमा विराटनगर किङ्सले साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ राजेको हो।

अनिल साहको कप्तानीमा रहेको  जनकपुर पहिलो जितको खोजीमा छ। यसअघि जनकपुर पहिलो खेलमा काठमाडौँ गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो।

यस्तै सन्दीप लामिछानेको कतानीमा रहेको विराटनगर लगातार तेस्रो जितको पर्खाइमा छ। विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमाडौंलाई पराजित गरेको थियो।

आजै अपरान्ह ४ बजे दोस्रो खेल साविक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुनेछ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा यही मङ्सिर १ गते सुरू भएको प्रतियोगिता मङ्सिर २७ गतेसम्म चल्नेछ।

मंसिर ८, २०८२ सोमबार ११:५८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।