सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ।
आइतबार एकैदिन २ हजार ९०० रुपैयाँले बढेको सुनको मूल्य सोमबार भने तोलामा १ हजार ९०० रुपैयाँले ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ।
आइतबार छापावाल सुन प्रतितोला २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार चाँदी तोलामा २० रुपैयाँले घटेर ३ हजार १ सय १५ रुपैयाँ कायम भएको छ।
आइतबार चाँदी प्रतितोला ३ हजार १ सय ३५ रुपैयाँमा खरिद-बिक्री भएको थियो।
मंसिर ८, २०८२ सोमबार ११:४०:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।