#NEPOBABY को नमुना : प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवले सचिवालयमा आफ्नै श्रीमती नियुक्त गरे

#NEPOBABY को नमुना : प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवले सचिवालयमा आफ्नै श्रीमती नियुक्त गरे

काठमाडौं : नेपोबेबी अभियानको जगमा बनेको सरकारको प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रधानमन्त्री सचिवालयमा आफ्नी श्रीमती संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएका छन्। आदर्शले आफ्नी श्रीमतीलाई असोज २ मा नियुक्त गराएका हुन्।

जेनजी आन्दोलनको प्रारम्भ क्षमता भन्दा पनि नाताका आधारमा दिइने लाभका रुपमा सामाजिक सञ्जालमा नेपोबेबी अभियानबाट शुरु भएको थियो।

अनलाइनखबर अनुसार कार्की प्रधानमन्त्रीमा नियुक्त भएको एक साताभित्रै आदर्शले आफ्नो श्रीमतीलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गराएका हुन्। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले संगीता आफ्नी पत्नी रहेको स्वीकारेको अनलाइनखबरमा उल्लेख छ।

सर्वोच्च अदालतमा सूचना प्रविधि महाशाखामा करारका कर्मचारी रहेका उनी कल्याण श्रेष्ठ प्रधानन्यायधीशहुँदा उनको मुख्य सहयोगी थिए। सुशीला प्रधानन्यायाधीश हुँदा पनि उनी नै मुख्य सहयोगी थिए। कार्की प्रधानमन्त्री भएपछि कार्कीले उनैलाई आफ्नो मुख्य स्वकीय सचिव नियुक्त गरिन्। 

श्रेष्ठ अदालतलाई आर्थिक प्रभावमा पारेर फैसलामा चलखेल गर्न संलग्न हुने गरेको भन्दै यस अगाडि विवादमा आइसकेका व्यक्ति हुन्। तर सुशासनको एजेन्डामा बनेको सरकारमा सुशीलाले उनैलाई आफ्नो मुख्य स्वकिय सचिव बनाएकी छिन्।

मंसिर ७, २०८२ आइतबार २२:२२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।