नेप्से साताको पहिलो दिन मजबुत, परिसूचक २६०० अंक पार

नेप्से साताको पहिलो दिन मजबुत, परिसूचक २६०० अंक पार

काठमाडौं : साताको पहिलो दिन आइतबार शेयर बजारले बलियो उछाल देखाएको छ। कारोबार सुरु भएपछि नै उकालो लागेको नेप्से परिसूचक दिनभर हरियो रहँदै ३९.९२ अंकले उक्लियो र २६०० अंकको स्तर पार गर्यो।

२३७ कम्पनीको मूल्य बढ्दा १८ को घट्यो, जबकि २ कम्पनी स्थिर रहे। कारोबार रकममा पनि उल्लेख्य उछाल आएको छ। अघिल्लो कारोबार दिन बिहीबार ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आइतबार ६ अर्ब २८ करोड रुपैयाँको कारोबार भयो।

कुन–कुन समूह बढे?

आइतबारको कारोबारमा लगभग सबै उपसमूहमा हरियो देखियो। आइतबार लगानी समूह २.०३%, जीवन बीमा २.५५%, निर्जीवन बीमा १.९९%, विकास बैंक १.८४%, माइक्रोफाइनान्स १.८३% , बैंकिङ १.३६% , होटल–पर्यटन १.५७%, उत्पादन तथा प्रशोधन १.५६%, हाइड्रोपावर १.३३% र व्यापार समूह ०.२५% ले बढ्यो।

सागर डिस्टिलरी, बन्दीपुर केबलकार र झापा इनर्जीले १० प्रतिशतको सर्किट लेभल छुन सफल भए। स्वस्तिक लघुवित्त ८.१९% , छ्याङ्दी हाइड्रोपावर ६.२९% , जोशी हाइड्रोपावर ५.९३% र समता घरेलु लघुवित्त ४.९७% ले बढ्यो।

पिपुल्स हाइड्रोपावर सर्वाधिक ७.६५% ले घट्यो। मोदी इनर्जी ४.४९%, सप्तकोशी विकास बैंक ४.४७% र सिन्धु विकास बैंकको शेयर मुल्य ४.१८% ले झर्यो।

आइतबार एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स हाइड्रोपावर, राधि विद्युत्, नेपाल पुनर्बीमा कम्पनी र शिवम् सिमेन्टको सबैधन्दा धेरै शेयर कारोबार भयो।

मंसिर ७, २०८२ आइतबार १८:०५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।