नयाँ पुस्ताले नयाँ सपना देख्न प्रेरित गर्‍यो : प्रचण्ड

नयाँ पुस्ताले नयाँ सपना देख्न प्रेरित गर्‍यो : प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले भदौ २३ र २४ मा जेनजी पुस्ताका युवाहरूको नेतृत्वमा भएको आन्दोलनले नेपाली समाजलाई नयाँ चेतनातिर अगाडि बढ्न बाध्य बनाएको बताएका छन्। काठमाडौंमा शनिबार आयोजित ‘जेनजीसँग नेपाली कम्युनिष्ट पार्टी’ विषयक कार्यक्रममा उनले नयाँ पुस्तालाई लिएर नयाँ सपनाको आवश्यकता महसुस भएको बताए।

उनले नयाँ पुस्तालाई वैचारिक, राजनीतिक, भावनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेतृत्वको रूपमा तयार पार्ने जिम्मेवारी रहेको बताए। प्रचण्डले आउने चुनावमा धेरैभन्दा धेरै युवाहरूलाई अवसर दिने, पार्टी कमिटीहरूमा धेरैभन्दा धेरै युवाहरूलाई ल्याउने संकल्प गर्ने अवस्था आएको भन्दै नयाँ पुस्तालाई बढिभन्दा बढी जिम्मेवारी दिने र त्यसमा पुराना पुस्ताका क्रान्तिकारीहरूको जिम्मेवारी रहेको बताए। 

उनले भने, ‘अब हाम्रो सपना वैचारिक, राजनीतिक, भावनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेतृत्वको रूपमा तयार पार्ने र आउने चुनावमा धेरैभन्दा धेरै युवाहरूलाई अवसर दिने, पार्टी कमिटीहरूमा धेरैभन्दा धेरै युवाहरूलाई ल्याउने संकल्प गर्ने अवस्था आएको छ। यसबारे हामीले छलफल गरेका छौं। छिटै त्यो निर्णय पनि गर्ने छौं। नयाँ पुस्तालाई बढिभन्दा बढी जिम्मेवारी दिने पुराना पुस्ताका क्रान्तिकारीहरूको जिम्मेवारी हो।’

प्रचण्डले युवाहरूलाई उत्तराधिकारी निर्माण गर्ने र जिम्मेवारी दिने संकल्प व्यक्त गरे। उनले भने, ‘एक हजार जेनजी युवाहरूलाई पार्टीमा स्वागत गर्दै गर्दा हामीले देखेको सपना नेपालबाट सामन्ती उत्पीडनको अन्त्य गर्ने, वैदेशिक हस्तक्षेपको अन्त्य गर्ने र जनताको नेपाल बनाउने सपना बोकेर गरेका कामहरू स्मरण भएको छ। नयाँ पुस्तालाई देख्दा अब हामीले नयाँ सपना देख्नुपर्छ भन्ने महसुस गरेको छु। अब युवाहरूलाई उत्तराधिकारी निर्माण गर्ने र जिम्मेवारी दिने संकल्प र सपना हामीले देख्नुपर्छ। युवाहरूलाई नयाँ नेपालको नयाँ नेतृत्वका रूपमा तयार पार्नुपर्छ भन्ने सपना हामीले देख्नुपर्छ।’

मंसिर ६, २०८२ शनिबार १८:०६:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।