चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, दुई यात्रु घाइते

चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, दुई यात्रु घाइते

चितवन : चितवनको माडीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

शनिबार बिहान माडी नगरपालिका-१, गर्दीमा बा.प्र. ०३-००१ ख २८८७ नम्बरको बसले ठक्कर दिँदा सोही वडाको सेरुवा निवासी अन्दाजी ६२ वर्षीय फिरल महतोको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डिएसपी) रवीन्द्र खनालका अनुसार बसको ठक्करबाट महतोको घटनास्थलमै मृत्यु भएको थियो।

पैदलयात्रीलाई ठक्कर दिएपछि बस अनियन्त्रित भई सडक नजिकैको खेतमा खस्दा बसमा सवार दुई जना यात्रु घाइते भएका छन्।

घाइते दुवैको बघौडा अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था खतरामुक्त रहेको डिएसपी खनालले जानकारी दिए।

दुर्घटनापछि बस चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

मंसिर ६, २०८२ शनिबार ११:०४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।