सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
काठमाडौं : नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो।
यो गिरावटसँगै आज बजारमा सुन प्रतितोला २ लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य पनि ओरालो लागेको छ।
चाँदी तोलामा ८५ रुपैयाँले घटेर प्रतितोला ३ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
मंसिर ५, २०८२ शुक्रबार ११:२३:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।