पाल्पामा शैक्षिक भ्रमणको बस दुर्घटना, दाङका ११ विद्यार्थी घाइते
तानसेन : दाङबाट शैक्षिक भ्रमणका लागि पाल्पा आएका विद्यार्थी चढेको बस आज बिहान दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
विद्यार्थीहरू सवार उक्त बस पाल्पाको पर्यटकीय स्थल रानीमहलतर्फ जाने क्रममा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी होमप्रकाश चौधरीका अनुसार दुर्घटनामा परी घाइते भएका सबैलाई तत्काल उद्धार गरी उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्याइएको छ।
अस्पताल र प्रहरी स्रोतका अनुसार घाइते विद्यार्थीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
मंसिर ५, २०८२ शुक्रबार १०:१९:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।