ब्राजिलमा कोप-३० सम्मेलन चलिरहेका बेला आगलागी
एजेन्सी : ब्राजिलको बेलेममा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-३०) को कार्यक्रम स्थलमा आगलागी भएको छ।
आगलागी लगत्तै उक्त स्थानलाई तुरुन्तै खाली गराइएको थियो। यद्यपि, आगोलाई छोटो समयमै नियन्त्रणमा लिइएको छ।
आयोजकहरूका अनुसार सम्मेलन स्थलको एउटा मण्डप (प्याभिलियन) मा आगो लागेको थियो, जसलाई करिब ६ मिनेटभित्रै नियन्त्रणमा लिइयो।
आगलागीबाट निस्किएको धुवाँका कारण सास फेर्न गाह्रो भएपछि २१ जनाको स्वास्थ्य जाँच गरिएको थियो। संयुक्त राष्ट्रसंघले भने धुवाँको असर परेका १३ जनाको उपचार गरिएको जनाएको छ।
घटनास्थलमा रहेका बीबीसीका पत्रकारहरूले आगोको लप्का र धुवाँ निस्किएको देखेका थिए भने दमकलका गाडीहरू तीव्र गतिमा घटनास्थल पुगेका थिए। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।
मंसिर ५, २०८२ शुक्रबार ०७:४१:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।