एनपीएलमा आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४:०० बजे सुरु हुनेछ।
आजको खेलमा पोखरा एभेञ्जर्सको कप्तानी कुशल भुर्तेलले गर्नेछन् भने सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले सम्हाल्नेछन्।
पोखराको टोलीमा स्वदेशी र विदेशी खेलाडीहरूको सन्तुलित समिश्रण रहेको छ। आकाश चन्द, सागर ढकाल, तृतराज दास, दिनेश खरेल, विपिन खत्री र विकेटकिपर एडम रोसिङ्टन टोलीका मुख्य आधार मानिएका छन्।
यस्तै, सुदूरपश्चिम रोयल्स पनि बलियो स्थितिका साथ मैदान उत्रँदै छ। टोलीमा कप्तान ऐरीका साथै विकेटकिपर विनोद भण्डारी, अन्तरराष्ट्रिय चर्चित खेलाडीहरू क्रिस लिन, जोस ब्राउन र स्कट कुग्गेलेजिन समावेश छन्।
साथै आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी र बलर अविनाश बोहराको प्रदर्शन पनि खेलमा निर्णायक हुनसक्छ।
मंसिर ५, २०८२ शुक्रबार ०७:३५:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।