एन्फाका अधिकारी र ए डिभिजन क्लबका प्रतिनिधिको छलफल निष्कर्षमा पुगेन

एन्फाका अधिकारी र ए डिभिजन क्लबका प्रतिनिधिको छलफल निष्कर्षमा पुगेन

काठमाडौं : ए डिभिजन लिगको माग गर्दै आन्दोलनमा उत्रिएका ए डिभिजन क्लबका प्रतिनिधिसँग एन्फाका पदाधिकारीको बैठक निष्कर्षमा पुग्न सकेन। समयमै लिगको आयोजना नगरेको भन्दै क्लबका प्रतिनिधिहरूले बुधवार आन्दोलनको घोषणा गरेका थिए।

छलफलका लागि अखिल नेपाल फुटबल संघका पदाधिकारीहरूले क्लबका प्रतिनिधीहरुलाई  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा छलफलमा लागि बोलाएको थियो।

एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्बाङ्ग,  उपाध्यक्ष दीपक खतिवडा र दावा लामा र महासचिव किरण राईसहित भएको बैठक निष्कर्षमा भने पुग्न सकेन। खेलाडी सङ्घका प्रतिनिधिहरू समेतको सहभागितामा आइतबार पुनः बृहत् छलफल गर्ने सहमति भएको एन्फाले दाबी गरेको छ।

एन्फाले तीन वर्षदेखि ए डिभिजनको लिगको आयोजना नगरेपछि खेलाडी र क्लबका प्रतिनिधिहरू एन्फा पदाधिकारी विरुद्ध आन्दोलनमा उत्रिएका छन्। क्लबका प्रतिनिधिहरू अगाडि खेलाडीहरूले लिगको माग गर्दै विरोध प्रदर्शन गरेका थिए।

मंसिर ४, २०८२ बिहीबार १९:१३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।