प्रोटोन इमासको काठमाडौंमा एक्सचेन्ज अफर

प्रोटोन इमासको काठमाडौंमा एक्सचेन्ज अफर

काठमाडौं : काठमाडौंमा इलेक्ट्रिक सवारी साधन (इभी) ब्रान्ड प्रोटोन इमासको 'विशेष एक्सचेन्ज अफर' सञ्चालन हुने भएको छ। जगदम्बा मोटर्स अन्तर्गत सञ्चालित प्रोटोन इमासले आगामी शुक्रबारदेखि आइतबार (नोभेम्बर २१-२३) तीन दिनसम्म काठमाडौंको ज्ञानेश्वरस्थित एटीकमा एक्सचेन्ज अफर आयोजना गर्न लागेको हो। 

जहाँ विद्यमान सवारी साधन एक्सचेन्ज गर्न चाहने ग्राहकलाई प्रोटोन इमासका प्रमुख विशेषता, सेवा सुविधा तथा अफरका फाइदाबारे जानकारी दिइने कम्पनीले जनाएको छ। एक्सचेन्ज अफर ४६.९९ लाखबाट सुरु हुने जगदम्बा मोटर्सले जनाएको छ। 

प्रोटोन इमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर प्रदान गर्ने र यसमा १८० मिमी ग्राउण्ड क्लिरेन्स तथा एनइडिसी रेन्ज ४९२ र ५८५ रहेको कम्पनीले जनाएको छ। उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो इभीको लम्बाइ ४६१० मिमी रहेको कम्पनीले उल्लेख गरेको छ। विशेष अफरमार्फत ग्राहकले अत्याधुनिक इभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने छन्।

मंसिर ४, २०८२ बिहीबार १८:३५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।